कांग्रेस, एमाले, नेकपा छाडेर रास्वपा रोजेका ४२ जना बने सांसद

हिमाल प्रेस २७ फागुन २०८२ ११:०५ | Wednesday, March 11, 2026
42
SHARES
कांग्रेस, एमाले, नेकपा छाडेर रास्वपा रोजेका ४२ जना बने सांसद डा.स्वर्णिम वाग्ले

काठमाडौँ- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेका १२५ सांसदमध्ये ४२ जना विभिन्न पुराना दल छाडेर आएका नेता रहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा मधेशकेन्द्रित दल त्यागेर रास्वपा प्रवेश गरेका ती उम्मेदवार निर्वाचनमा विजयी भएका हुन्।

दल परिवर्तन गरेर रास्वपाबाट निर्वाचित हुने सांसदहरूमा दीपककुमार साह, सन्तोष राजवंशी, रामजी यादव, अमरकान्त चौधरी, सीताराम साह, रामविनोद यादव, राजकिशोर महतो, प्रमोदकुमार महतो, उज्ज्वलकुमार झा, नरेन्द्र साह कलवार, राजेशकुमार चौधरी, रवीन्द्र पटेल, गणेश पौडेल, गणेश धिमाल, चन्दनकुमार सिंह, रहबर अन्सारी, सुशीलकुमार कानु, रामाकान्तप्रसाद चौरासिया, टेकबहादुर शाक्य, सुनील केसी, प्रदीप विष्ट, रुकेश रञ्जित, बदनकुमार भण्डारी, बोधनारायण श्रेष्ठ, स्वर्णिम वाग्ले, श्रीराम न्यौपाने, सागर भुसाल, सुशील खड्का, उत्तमप्रसाद पौडेल, धनञ्जय रेग्मी, कन्हैया बनिया, विक्रम खनाल, नरेन्द्र गुप्ता, विक्रमसिंह थापा, डा.माधव थापा, देवराज पाठक, खगेन्द्र सुनार, सुरेशकुमार चौधरी, ठाकुरसिंह थारू, श्रीधर पोखरेल, रमेशकुमार सापकोटा र कोमल ज्ञवाली रहेका छन्।

मधेश प्रदेशमा मात्रै १७ जना सांसद दल परिवर्तन गरेर रास्वपाबाट विजयी भएका छन्। पुराना दलमा असन्तुष्टि र ‘परिवर्तन’को नारासँगै उनीहरूले नयाँ राजनीतिक विकल्प रोज्दै रास्वपा प्रवेश गरेको बताइएको छ।

प्रकाशित: २७ फागुन २०८२ ११:०५ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast