गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका उम्मेदवार कविन्द्र बुर्लाकोटी दोब्बर मतको अन्तरले अग्रस्थानमा रहेका छन्।
आज बिहान ११:४४ बजेसम्मको मतगणना अनुसार कुल ४६ हजार २२५ मतगणना हुँदा २ हजार ३९९ मत बदर भएको छ।
हालसम्मको परिणाम अनुसार रास्वपाका बुर्लाकोटीले २० हजार ३७७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी १० हजार २८२ मतसहित दोस्रो स्थानमा छन्।
त्यसैगरी नेकपा (पूर्व माओवादी केन्द्र) का लेखनाथ न्यौपानेले ९ हजार ५७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मिलन चक्रेले २ हजार ४११ मत ल्याएका छन्।
मतगणना जारी छ।
प्रकाशित: २४ फागुन २०८२ १२:२८ | Sunday, March 8, 2026
प्रतिक्रिया





