प्रत्यक्षमा महावीर पुनले जित्दा म्याग्दीमा समानुपातिकमा रास्वपा पहिलो

हिमाल प्रेस २४ फागुन २०८२ १०:५० | Sunday, March 8, 2026
14
SHARES
प्रत्यक्षमा महावीर पुनले जित्दा म्याग्दीमा समानुपातिकमा रास्वपा पहिलो

म्याग्दी- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै मत पाएको छ।

रास्वपाले १९ हजार ९८७, नेकपा एमालेले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिस्ट पार्टी नेकपाले चार हजार १६२ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक सय ७७ मत पाएका छन्।

जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो। एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो।

प्रकाशित: २४ फागुन २०८२ १०:५० | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast