जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले ल्याइन् ४२१ मत

हिमाल प्रेस २३ फागुन २०८२ २०:३४ | Saturday, March 7, 2026
14
SHARES
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले ल्याइन् ४२१ मत ज्ञानेन्द्र शाही

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन्।

यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा एमालेका शान्तिलाल महतले चार हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए।

यहाँ रास्वपाकी विनिता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गरे।

प्रकाशित: २३ फागुन २०८२ २०:३४ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast