तोसिमाले जितिन् चुनाव

हिमाल प्रेस २३ फागुन २०८२ १७:१७ | Saturday, March 7, 2026
8
SHARES
तोसिमाले जितिन् चुनाव

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर-३ की उम्मेदवार डा.तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्।

उनले ४३ हजार ९६ मत ल्याइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए।

नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए। त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए।

राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए। त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए।

तोसिमा २०७९ को निर्वाचनमा पनि उक्त क्षेत्रबाटै निर्वाचित भएकी थिइन्।

प्रकाशित: २३ फागुन २०८२ १७:१७ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast