लमजुङमा पृथ्वीसुब्बा गुरुङ पराजित, रास्वपाका धर्मराज केसी विजयी

हिमाल प्रेस २३ फागुन २०८२ १६:२३ | Saturday, March 7, 2026
16
SHARES
लमजुङमा पृथ्वीसुब्बा गुरुङ पराजित, रास्वपाका धर्मराज केसी विजयी

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन्।

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे।

नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले तीन हजार ३७१ मत प्राप्त गरे।

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ।

प्रकाशित: २३ फागुन २०८२ १६:२३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast