गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन्।
सुरुवाती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २३ फागुन २०८२ १५:३२ | Saturday, March 7, 2026
प्रतिक्रिया





