अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

हिमाल प्रेस २३ फागुन २०८२ १४:५१ | Saturday, March 7, 2026
12
SHARES
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची- प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे।

यस क्षेत्रमा नेकपा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) ले १८ हजार २९७, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे।

अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो।

प्रकाशित: २३ फागुन २०८२ १४:५१ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast