लज्जास्पद हार स्वीकार गर्दै रेनुले भनिन्- जनताका मत जित्न सकिनँ

हिमाल प्रेस २३ फागुन २०८२ १४:१६ | Saturday, March 7, 2026
16
SHARES
लज्जास्पद हार स्वीकार गर्दै रेनुले भनिन्- जनताका मत जित्न सकिनँ

काठमाडौँ- चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले लज्जास्पद हार स्वीकार गर्दै आफ्नो कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमलाई फेसबुकमार्फत बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरूको मन त जितेँ तर मत जित्न सकिनँ। मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु।’

रेनुले भरतपुर महानगरपालिकाको मेयरको पाँच बर्से कार्यकाल बाँकी छँदै राजीनामा दिएर निर्वाचनमा होमिएकी थिइन्।

‘आगामी दिनमा कामद्वारा जनतामा खुसीयाली र चितवनको थप विकास र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ रेनुले फेसबुकमा लेखेकी छन्, ‘यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति म ऋणी छु। तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।’

अन्तिम मतपरिणाम आउन बाँकी छँदा सोविता ५५,४७६ मतसहित अगाडि छन् भने रेनुले १९,४४१ मत ल्याएकी छन्।

प्रकाशित: २३ फागुन २०८२ १४:१६ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast