कांग्रेस ६ क्षेत्रमा अग्रस्थानमा

हिमाल प्रेस २२ फागुन २०८२ ११:३६ | Friday, March 6, 2026
32
SHARES
कांग्रेस ६ क्षेत्रमा अग्रस्थानमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले हालसम्म ६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

जसमा ललितपुर-१ मा उदयशमशेर जबरा ३,१४४ मतान्तरसहित अगाडि छन्। मुस्ताङ-१ मा योगेश गौचन थकाली २,५५७ मतान्तर, कपिलवस्तु-३ मा अभिषेकप्रताप शाह २,२३० मतान्तर तथा रसुवा-१ मा मोहन आचार्य २,०१८ मतान्तरसहित अग्रस्थानमा छन्।

यसैगरी कैलाली-१ मा जनकराज चौधरी ३४८ मतान्तरले अघि छन् भने सुर्खेत-२ मा नारायणकुमार कोइराला ८२ मतान्तरले अग्रता कायम गरेका छन्।

देशभर मतगणना जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने ५० निर्वाचन क्षेत्रमा अगाडि छ।

प्रकाशित: २२ फागुन २०८२ ११:३६ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast