स्थगित भयो नेपाल-ओमान-यूएईबीचको क्रिकेट सिरिज

हिमाल प्रेस २० फागुन २०८२ १६:०१ | Wednesday, March 4, 2026
4
SHARES
स्थगित भयो नेपाल-ओमान-यूएईबीचको क्रिकेट सिरिज

काठमाडौँ- नेपाल, ओमान र यूएईबीचको आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै सिरिज स्थगित भएको जानकारी दिएको हो।

यो सिरिज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फागुन २६ गतेका लागि तय गरिएको थियो। खाडी मुलुकहरूमा बढेको द्वन्द्वका कारण सिरिज अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। सिरिजको अर्को मिति आगामी दिनमा तय गरिने क्यानले जनाएको छ।

अमेरिका–इरानबीचको द्वन्द्वका कारण खाडी मुलुकमा हुने उडानहरू स्थगित भएकाले पनि यूएई र ओमानका खेलाडीहरूलाई नेपाल आउन समस्या भएको हो। अमेरिका र इजरायलले इरानमाथि हमला गरेका छन् भने इरानले खाडी मुलुकमा रहेका अमेरिकी बेसहरूमा मिसाइलहरू प्रहार गरिरहेको छ।

अहिले नेपाली टोलीका २० खेलाडीहरू त्रिदेशीय सिरिजका लागि बन्द प्रशिक्षणमा छन्। नेपाल लिग २ को आठ टिममध्ये सातौँ स्थानमा छ। नेपालले २० खेल खेलेर १२ अंक जोडेको छ। यता यूएइको १० र ओमानका २४ अंक छ।

प्रकाशित: २० फागुन २०८२ १६:०१ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast