टी२० विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा भिड्दैछन् दक्षिण अफ्रिका र न्युजिल्यान्ड

हिमाल प्रेस २० फागुन २०८२ ७:१९ | Wednesday, March 4, 2026
2
SHARE
टी२० विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा भिड्दैछन् दक्षिण अफ्रिका र न्युजिल्यान्ड

काठमाडौँ- आईसीसी टी२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल आज हुँदैछ। सेमिफाइनलको पहिलो खेलमा बुधबार (आज) दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्। कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरु हुनेछ। दक्षिण अफ्रिका सुपर ८ बाट समूह ‘ए’को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।

सुपर ८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो। न्युजिल्यान्ड सुपर ८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो। सुपर ८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्यान्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।
वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ। आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।

प्रकाशित: २० फागुन २०८२ ७:१९ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast