सुर्खेतमा डुबेर २ बालबालिकाको मृत्यु

हिमाल प्रेस १९ फागुन २०८२ ९:२० | Tuesday, March 3, 2026
4
SHARES
सुर्खेतमा डुबेर २ बालबालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सुर्खेतमा खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। गएराति ८ बजे वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा बन्दै गरेको घरमा खनिएको खाल्डोमा परेर २ बालबालिकाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिकोट तिलागुफा स्थायी घर भइ सोही ठाउँ बस्ने ७ वर्षका खेमराज कटुवाल ५ वर्षीया बालिका दिपिका कटुवालको मृत्यु जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ फागुन २०८२ ९:२० | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast