काठमाडौँ- डिफेन्डिङ च्याम्पियन भारत छैटौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। टोलीले लिग चरणका तीनवटै खेल जित्यो तर सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोली सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार्यो।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको हारपछि सेमिफाइनल पुग्ने भारतको बाटो कठिन बनेको थियो। त्यसपछि टोलीले लगातार दुई खेल जित्दै शीर्ष-४ मा स्थान बनायो। भारतलाई सेमिफाइनल पुर्याउने ५ खेलाडीहरू अहिले चर्चामा छन्।
सञ्जु सैमसन : म्याच जिताउने पारी
कोलकाता आइतबार साँझ भारत-वेस्टइन्डिजबीचको खेल गर वा मरको अवस्थामा थियो। पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा १९५ रन बनायो। सञ्जु सैमसन १९६ रनको लक्ष्य पछ्याउँदै ओपनिङमा आए र खेल जिताएर फर्किए। उनले ५० बलमा अविजित ९७ रन बनाए। सैमसनले ३ खेलमा १ अर्धशतकसहित १४३ रन बनाएका छन्।
जसप्रित बुमराह : पाकिस्तानविरुद्ध महत्त्वपूर्ण विकेट
१४ फेब्रुअरीमा कोलम्बोको आर.प्रेमदासा स्टेडियममा भारतले पहिले ब्याटिङ गर्दै १७५ रन बनायो। १७६ रन पछ्याइरहेको पाकिस्तानले १ रनमै साहिबजादा फरहानको विकेट गुमायो। अर्को ओभरमै बुमराहले सईम अयुब (६ रन) र कप्तान सलमान अली आगा (४ रन) लाई आउट गरेर पाकिस्तानलाई दबाबमा पारे। भारत ६१ रनले विजयी भयो र सुपर-८ मा पुग्यो।
ईशान किशन : नामिबिया र पाकिस्तानविरुद्ध अर्धशतक
ईशान यस विश्वकपमा भारतका दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये हुन्। उनले नामिबियाविरुद्ध ६१ र पाकिस्तानविरुद्ध ७७ रन बनाए। पाकिस्तानविरुद्ध अभिषेक शर्मासँग ओपनिङ गरे पनि अभिषेक शून्य रनमा आउट भए। त्यसपछि ईशानले तिलक वर्मासँग ८८ रनको साझेदारी गरे।
वरुण चक्रवर्ती : सर्वाधिक विकेट लिनेमध्ये
वरुण टी-२० विश्वकप २०२६ का शीर्ष विकेट लिने खेलाडीमध्ये पर्छन्। उनले ७ खेलमा १२ विकेट लिएका छन्। नामिबिया र नेदरल्यान्ड्सविरुद्ध ३-३ विकेट तथा पाकिस्तानविरुद्ध २ विकेट लिए।
हार्दिक पाण्ड्या : ब्याट र बल दुवैमा योगदान
पाण्ड्याले ७ खेलमा १७२ रन बनाए जसमा दुई अर्धशतक समावेश छन्। उनले १५६.३६ स्ट्राइक रेटमा रन बनाए। बलिङतर्फ नयाँ बलसँग प्रभावशाली प्रदर्शन गर्दै पाकिस्तानविरुद्ध पहिलो ओभरमै फरहानलाई आउट गरे। पाण्ड्याले हालसम्म ६ विकेट लिएका छन्।
यो पनि





