टी २० विश्वकप २०२६

श्रीलंकासँगको खेल जित्दा पनि बाहिरियो पाकिस्तान, न्युजिल्यान्ड सेमिफाइनलमा

हिमाल प्रेस १७ फागुन २०८२ ६:३९ | Sunday, March 1, 2026
12
SHARES
श्रीलंकासँगको खेल जित्दा पनि बाहिरियो पाकिस्तान, न्युजिल्यान्ड सेमिफाइनलमा

काठमाडौँ- आईसीसी टी २० विश्वकप २०२६ को सुपर ८ को खेल जित्दा पनि पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको छ। शनिबार बेलुकाको खेल यसअघि नै बाहिरिएको टोली श्रीलंकालाई निर्धारित ओभरमा हराउन नसक्दा रनरेट अभावमा बाहिरिएको हो। पाकिस्तान बाहिरिएसँगै यो समूह (समूह २) बाट न्युजिल्यान्ड सेमिफाइनल पुगेको छ।

पाकिस्तानले विश्वकप आयोजक तथा घरेलु टोली श्रीलंकालाई १४७ रनमा रोक्न असफल भएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो। न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपनि नेट रनरेटमा न्युजिल्यान्ड अघि रहेपछि शीर्ष २ मा रहेर अन्तिम चारमा पुगेको हो। न्युजिल्यान्डको नेट रनरेट १.३९० रहेको छ। पाकिस्तानको माइनस शून्य दशमलव १.२३ रहेको छ।

यो समूहबाट इंग्ल्यान्ड यसअघि नै सेकिफाइनलमा पुगिसकेको छ। सुपर ८ का तिन खेलमा अपराजित रहेको इंग्ल्यान्ड ६ अंकमा शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो।आयोजक श्रीलंकाले भने सुपर ८ का तिनै खेलमा हार भोग्यो। पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन मात्र बनाउन सक्यो।

श्रीलंकाका लागि कप्तान दासुन लियांकेले सर्वाधिक ७६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। पवन रत्नायकेले ५८ रन बनाए। कमिल मिसराले २६ र चारिथ असलंकाले २५ रन थपे। त्यसअघि श्रीलंकाको पालकेले इन्टरनेशलन क्रिकेट स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका ओपनर साहिबजादा फरहानले शतक पूरा गरे। उनले ६० बलमा ९ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। अर्का ओपनर फखर जमानले ८४ रनको योगदान दिए। उनले ४२ बलमा ९ चौका र ४ छक्का हाने। पहिलो विकेटका लागि साहिबजादा र फखरले १५।५ ओभरमा १ सय ७६ रनको विशाल साझेदारी गरेका थिए। यद्यपी टोलीलाई सेमिफाइनलमा पुर्याउन भने असफल रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यो समूहबाट सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लागेको छ। इंग्ल्यान्ड र न्यु जिल्यान्डले सेमिफाइनलमा स्थान बनाए। पाकिस्तान र श्रीलंका भने सुपर ८ बाटै बाहिरिएका छन्।

अब सेमिफाइनल पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ। सुपर ८ को समुह १ बाट दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। सेमिफाइनल पुग्ने दौडमा वेष्ट इन्डिज र भारत छन्। सुपर ८ का २ खेलमध्य १ खेलमा जित र १ खेलमा हार भोगेका वेष्ट इण्डिज र भारत सेमिफाइनल पुग्ने योजनामा छन्।

लगातार दुई खेलमा हार भोगेको जिम्बाबे यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ। सुपर ८ अन्तर्गत आइतबार अन्तिम दुई खेल हुनेछन्। आइतबार जिम्बाबे र दक्षिण अफ्रिका तथा वेष्ट इन्डिज र भारत भिड्दैछन्।

प्रकाशित: १७ फागुन २०८२ ६:३९ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast