पछिल्लो १२ घण्टामा २० भन्दा बढी मापनकेन्द्रमा वर्षा, आज कस्तो रहला मौसम?

हिमाल प्रेस १५ फागुन २०८२ ६:२४ | Friday, February 27, 2026
18
SHARES
पछिल्लो १२ घण्टामा २० भन्दा बढी मापनकेन्द्रमा वर्षा, आज कस्तो रहला मौसम?

काठमाडौँ- केही दिनदेखि मौसम बदली भएको नेपालमा बिहीबार पनि पछिल्लो १२ घण्टामा २० भन्दा बढी वर्षा मापन केन्द्र पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा डोटीका केही क्षेत्रमा वर्षा भएको छ।

विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ। त्यसमध्ये आज मनाङमा सबैभन्दा बढी ३०.४ मिलीमिटर वर्षा भएको छ।

अन्य क्षेत्रमा भने १० मिलीमिटरभन्दा कम वर्षा भएको छ। पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ।

पछिल्लो एक घण्टामा भने कास्की, सिन्धुपाल्चोकलगायत एक दुई क्षेत्रमा वर्षा भएको विभागले जनाएको छ। आज शुक्रबार र भोलि शनिबार पनि बिहीबार झैँ बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमभन्दा पूर्वमा बढी बदली हुने जनाइएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज शुक्रबार तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्ने छ।

बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १५ फागुन २०८२ ६:२४ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast