‘सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन’

हिमाल प्रेस १४ फागुन २०८२ १५:५१ | Thursday, February 26, 2026
4
SHARES
‘सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन’

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका हुन्।

आज (बिहीबार) रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरेका हुन्।

‘यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्‍यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन,’ उनले भने, ‘जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार हामी पुनः निर्माण गर्छौँ। सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ।’

आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए। लामिछानेले आजै सदरमुकाम र पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए।

प्रकाशित: १४ फागुन २०८२ १५:५१ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast