बागमतीमा यी हुन् राप्रपाबाट मन्त्री बन्ने तीन सांसद

हिमाल प्रेस ११ माघ २०७९ १४:३५ | Wednesday, January 25, 2023
बागमतीमा यी हुन् राप्रपाबाट मन्त्री बन्ने तीन सांसद

काठमाडौँ- राप्रपा पनि बागमती प्रदेशमा सहभागी हुने भएको छ। आज बुधबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुँदैछ। आज नै राप्रपाबाट पनि मन्त्री थपिँदै छन्। यसअघि नै उद्धव थापा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा बिना विभागीय मन्त्री नियुक्त भइसकेका छन्।

११ मन्त्रालय रहने बागमतीमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर सरकार बनाएका हुन्। यहाँ एमालेले ४, माओवादीले पनि ४ र राप्रपाले ३ मन्त्रालय लिएर मन्त्रिपरिषद्‌ विस्तार गर्दैछन्।

आज राप्रपाबाट डम्बर तामाङ र राजु विष्ट मन्त्री बन्दैछन्। यसअघि नै मन्त्री बनेका थापा ऊर्जा तथा सिंचाइमन्त्री बन्दैछन्। तामाङ पर्यटन, उद्योग तथा सहकारी र विष्ट वन तथा वातावरणमन्त्री बन्दैछन्।

माओवादीबाट मुख्यमन्त्रीमा शालिकराम जम्मरकट्टेल र एमालेबाट अर्थमन्त्रीमा जगन्नाथ थपलियाले यसअघि नै पदभार ग्रहण गरिसकेका छन्। बागमतीमा पनि मन्त्रालयको संख्या घटाइएको हो।

 

प्रकाशित: ११ माघ २०७९ १४:३५ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast