पाँच देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १२ फागुन २०८२ १७:२५ | Tuesday, February 24, 2026
14
SHARES
पाँच देशका राजदूतले  बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज (मंगलबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपतिसमक्ष चीनका राजदूत चाङ माओमिङ, अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट र साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिरले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरू आवासीय राजदूत हुन्।

त्यसै गरी राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे। उनीहरू नेपालका लागि गैरआवासीय राजदूत हुन्।

प्रकाशित: १२ फागुन २०८२ १७:२५ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast