बालेनलाई मत माग्न झापा जाँदै रवि, इटहरीमा पनि आमसभा

हिमाल प्रेस १२ फागुन २०८२ ८:४८ | Tuesday, February 24, 2026
बालेनलाई मत माग्न झापा जाँदै रवि, इटहरीमा पनि आमसभा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (मंगलबार) झापा जाँदैछन्। लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायत पार्टीका उम्मेदवारको चुनावी प्रचार कार्यक्रममा सहभागी हुन झापा जान लागेका उनको सचिवालयले जनाएको छ।

लामिछानेको सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार उनी मंगलबार बिहान ८ बजे चन्द्रगढी विमास्थल पुग्नेछन्। मंगलबार बिहान पौने ९ बजे काँकडभिट्टा, ९ बजे धुलाबारीरोड, साढे नौ बजे बिर्तामोड, १०ः २० मा सुरुगा चोक हुँदै ११ बजे दमक पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

आजै रास्वपाले इटहरीमा चुनावी सभा गर्दैछ। त्यहाँ रवि र बालेन दुवै सहभागी हुने रास्वपा स्रोतले जनाएको छ। रवि लामिछाने चितवन २ बाट तेस्रोपटक उम्मेदबार बनेका छन्।

प्रकाशित: १२ फागुन २०८२ ८:४८ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast