काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा प्रतिस्पर्धा हुँदैछ ।
सुपर–८ को समूह दुईमा रहेका इंग्ल्यान्ड र पाकिस्तानले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार मंगलबार साँझ ७:१५ बजे श्रीलंकाको पालिखेल मैदानमा सुरु हुँदैछ । सुपर ८ मा पाकिस्तानले एक अंक बनाएको छ भने इंग्ल्यान्डले दुई अंक जोडिसकेको छ ।
पहिलो खेलमा इंग्ल्यान्डले सहआयोजक श्रीलंकालाई ५१ रनले हराउँदै सुपर आठमा सुखद् सुरुवात गरेको हो । सुपर आठको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तानले भने न्युजिल्यान्डसँग अंक बाँडेको छ । चार टिमले एकएक खेल खेल्दा इंग्ल्यान्ड दुई अंकका साथ शीर्ष स्थानमा छ भने पाकिस्तान एक अंकसहित तेस्रो स्थानमा छ ।
प्रकाशित: १२ फागुन २०८२ ७:४७ | Tuesday, February 24, 2026
प्रतिक्रिया





