गौरमा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस १२ फागुन २०८२ ६:४४ | Tuesday, February 24, 2026
10
SHARES
गौरमा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा शनिबार जारी कफ्‌र्यु आदेशपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी। तस्बिर : रासस

काठमाडौँ- रौतहटको गौर नगरपालिका ६ सबगढामा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्‌भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो।

पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

गौर–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका प्रवक्ता बस्यालले जानकारी दिए।

जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीन जना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताए।

प्रकाशित: १२ फागुन २०८२ ६:४४ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast