झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको सुरक्षाका लागि भोलेन्टियर फोर्स गठन गरिएको बताएका छन्।दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेन्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताएका हुन्।
उनले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको पनि बताएका छन्। अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको हतियार खोस्न अब कसैले नसक्ने दाबी गरे।
नेसनल भोलेन्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने बताए।
नेकपा एमालेले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उनको भनाइ छ। उनले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताए।





