काठमाडौँ- नेकपा एमालेको झण्डा जलाएको आरोपमा दाङ प्रहरीले आज (शुक्रबार) एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन्।
घटना संलग्न अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा गरिएको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको चुनाव चिह्न अंकीत झण्डा जलाएका थिए।
एमालेले घटनाप्रति ध्यानाकर्षण जनाएको छ। एमालेका जनवर्गीय संगठनहरूले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौँमा शुक्रबार मसाल जुलुस पनि निकालेका थिए।
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण, रास्वपा भन्छ- घुसपैठ भयो
प्रकाशित: ८ फागुन २०८२ १९:४३ | Friday, February 20, 2026
प्रतिक्रिया




