काठमाडौँ- आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ।
यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ।
दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ। बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।
नेपालमा पहिलो आमनिर्वाचन अर्थात प्रतिनिधिसभा सदस्य निर्वाचन २०१५ साल फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो ।
नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ।
उनले लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गरेका छन् ।
स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उनले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।




