यी हुन् सुपर ८ टोली

टी २० विश्वकप २०२६ : अन्तिम ८ मा पुगेनन् एसोसिएट टिम, अस्ट्रेलियासहित तीन टेस्ट राष्ट्र पनि बाहिरिए

हिमाल प्रेस ७ फागुन २०८२ ७:२५ | Thursday, February 19, 2026
12
SHARES
टी २० विश्वकप २०२६ : अन्तिम ८ मा पुगेनन् एसोसिएट टिम, अस्ट्रेलियासहित तीन टेस्ट राष्ट्र पनि बाहिरिए आईसीसी टी२० विश्वकप २०२६ मा माथिल्लो चरणमा पुगेका ८ टोली। तस्बिर : एनपीएल।

काठमाडौँ- आईसीसी पुरुष टी २० विश्वकप २०२६ मा ‘सुपर ८’ मा पुगेका ८ टोली सुनिश्चित भएको छ। समूह ‘ए’ बाट आयोजक भारत र पाकिस्तान, समूह ‘बी’ मा श्रीलंका र जिम्बाब्बे, समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्टइन्डिज र समूह ‘डी’ मा दक्षिण अफ्रिका र न्यूजिल्यान्ड सुपर ८ मा पुगेका छन्।

कुन कुन बाहिरिए?
समूह ए बाट अमेरिका, नेदरल्यान्ड्स र नामिबिया, अस्ट्रेलिया, आयरल्यान्ड र ओमान, समूह ‘सी’ बाट इटाली, स्कटल्यान्ड र नेपाल, समूह ‘डी’ मा अफगानिस्तान, यूएई र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन्।

यो विश्वकपमाकुनै पनि एसोसियट राष्ट्रले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । सुपर ८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन्। यता समूह २ मा पाकिस्तान, इंग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंका परेका छन् । सुपर ८ मा कुल १२ वटा खेल हुने छन्।

 

प्रकाशित: ७ फागुन २०८२ ७:२५ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast