स्वदेश फर्कियो महिला क्रिकेट टोली

हिमाल प्रेस ६ फागुन २०८२ १६:४९ | Wednesday, February 18, 2026
6
SHARES
स्वदेश फर्कियो महिला क्रिकेट टोली

काठमाडौँ- थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। लगातार तेस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो।

प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेस्रो खेलमा भारत ‘ए’ सँग पराजित भएको थियो।

स्वदेश फर्किएपछि राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले प्रतियोगितामा जित हासिल गर्न असफल भए पनि ठूलो अनूभव प्राप्त भएको बताए।

प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रयास गरेको र ठूला टिमलाई टक्कर दिन सफल भएको उनले बताए।

नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारीसहित थाइल्याण्ड पठाइएको थियो।

प्रकाशित: ६ फागुन २०८२ १६:४९ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast