रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता कांग्रेस प्रवेश गर्दै

हिमाल प्रेस ६ फागुन २०८२ १२:४५ | Wednesday, February 18, 2026
24
SHARES
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता कांग्रेस प्रवेश गर्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्। बुधबार रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजना हुन लागेको आमसभामा कांग्रेस प्रवेश गर्न लागेकी हुन्।

पार्टी विधि र विधानविपरित चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी छन्।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएकी छन्।

‘संगठनमा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरित क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वय नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूलयहरूमाथि आँच आउने परिस्थिति बनेको छ, यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छ,’ शर्माले राजीनामापत्रमा उल्लेख गरेकी छन्।

फागुन २१ गतेको निर्वाचनसम्बन्धी पार्टीले आवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरित भएको उनले बताएकी छन्।

शर्माले सिद्धान्त र नीतिविपरित गतिविधि हुन थालेपछि रास्वपा छोड्न बाध्य भएको बताइन्।

‘रोग लागेपछि समयमै उपचार गर्नुपर्नु हुन्छ, ढिला गरेर हुँदैन,’ हिमालप्रेससँग उनले भनिन्,‘रास्वपामा रोग लाग्यो, बिरामी भयो त्यसलाई ठीक गर्न बाहिरिएको हुँ।’

उनले आसन्न निर्वाचनमा रास्वपाइतरका उम्मेदवारको पक्षमा आफू सक्रिय हुने उल्लेख गरिन्। तत्कालै कुनै पार्टीमा आवद्ध हुने निर्णय नगरे पनि उपयुक्त उम्मेदवारको पक्षमा खट्निे उनले बताइन्।
यद्यपि बुधबार जनकपुरधाममा हुन लागेको कांग्रेसको सभामा पनि आफू सहभागी हुने शर्माले जनाएकी छन्।

‘तत्कालै कुनै पार्टी प्रवेश गर्ने निर्णय भने गरिसकेको छैन,’ उनले भनिन्,‘तर, आज नेपाली कांग्रेसको सभामा पनि सहभागी हुँदैछु। उहाँहरूले आमन्त्रण गर्नु भएको छ।’

प्रकाशित: ६ फागुन २०८२ १२:४५ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast