टाइगर कप भलिबलमा विभागीय टिमको वर्चश्व

हिमाल प्रेस १० माघ २०७९ २०:१३ | Tuesday, January 24, 2023
टाइगर कप भलिबलमा विभागीय टिमको वर्चश्व

पोखरा- तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीको वर्चश्व कायमै छ। मंगलबारका खेलमा महिलातर्फको दुवै खेलमा विभागीय टोलीको वर्चश्व रह्यो। एपिएफले होङवान्जी न्यु डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दा दोश्रो खेलमा घरेलु टोली गण्डकी त्रिभुवन आर्मीसँग सोझो ३–० ले पराजित हुन पुग्यो।

पहिलो खेलमा एपिएफले डायमण्डविरुद्ध २५–१५, २५–२० र २५–७ ले जित्यो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकर निरुता ठगुन्ना घोषित भइन्।

अर्को खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१६ र २५–१६ ले पराजित गर्न सफल भयो। खेलमा त्रिभुवन आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन्।

महिलातर्फ त्रिभुवन क्लब र एपिएफ क्लबले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ। हालसम्म डायमण्ड र गण्डकी अंकविहीन छन्।

पुरुषतर्फ नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा हरायो। पहिलो र दोश्रो सेट १९–२५ र २३–२५ ले श्रीलकालाई जीत सुम्पेकोमा पुलिसले अन्तिमका सेट २५–२३, २५–१९ र २५–१३ आफ्नो पक्षमा पारेको हो।
अर्को खेलमा आयोजक गण्डकी प्रदेशले एपिएफसँग हार व्यहोर्‍यो।

पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५–२३ ले दोश्रो सेट जित्दै गण्डकीलाई दबाबमा राखे पनि तेस्रो सेट २५–२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो। चौंथो सेटमा २५–१९ ले एपिएफले खेल जित्यो।

एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेल १४ माघसम्म चल्नेछ।

प्रकाशित: १० माघ २०७९ २०:१३ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast