सुर्खेतमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

हिमाल प्रेस ५ फागुन २०८२ १५:३६ | Tuesday, February 17, 2026
6
SHARES
सुर्खेतमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। सोमबार राति वीरेन्द्रनगर नगरपालिका–८, मा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले हवाई फायर गरेर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–४, ठेगाना भएका ४७ वर्षीय ललित चन्द छन्।

‘शंकास्पद अवस्थामा फेला परेका चन्दलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात तथा आक्रमण गरी ठूलो मात्राको लागुऔषध ब्राउनसुगरसहित भाग्न खोजेपछि बल प्रयोग स्वरुप एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता बुढथापाले भने।

उनको साथबाट ३७ ग्राम सात सय ३० मिलिग्राम ब्राउनसुगर बरामद भएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: ५ फागुन २०८२ १५:३६ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast