मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरूले पाए जिम्मेवारी

हिमाल प्रेस १० माघ २०७९ १९:४० | Tuesday, January 24, 2023
मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरूले पाए जिम्मेवारी छलफलमा जुटेका दलका नेता।

जनकपुरधाम- मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो।

एमालेबाट सरकारमा सहभागी एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन्। मुख्यमन्त्री यादवले एक दुई दिनभित्रै मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीसमेत गरेका छन्।

सहमतिअनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।

प्रकाशित: १० माघ २०७९ १९:४० | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast