‘भारी वर्षा’ले सरेको महाधिवेशनको आयो नयाँ कार्यतालिका

हिमाल प्रेस १४ असोज २०८३ ८:२२ | Wednesday, September 30, 2026
‘भारी वर्षा’ले सरेको महाधिवेशनको आयो नयाँ कार्यतालिका

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताए।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ः०० बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ।

महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् । यस्तै, असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १४ असोज २०८३ ८:२२ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast