राइजिङ स्टार्स महिला एसिया कप : भारत ‘ए’सँग नेपालको लज्जास्पद हार

हिमाल प्रेस ५ फागुन २०८२ ११:०७ | Tuesday, February 17, 2026
राइजिङ स्टार्स महिला एसिया कप : भारत ‘ए’सँग नेपालको लज्जास्पद हार

काठमाडौँ- राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल भारत‘ए’सँग लज्जास्पद हार व्यहोरेको छ। मंगलबारको खेलमा भारतसँग ७ विकेटको हार बेहोर्दै नेपाल बाहिरिएको हो। नेपालले दिएको ७९ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले ७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

भारतका लागि वृन्दा दिनेशले अविजित ३९ रन बनाइन्। तेजल हसबनिसले १८ रन बनाइन्। अनुस्का शर्माले १० रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय, अनु कडायत र सीता रानामगरले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाएको थियो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन्। रुबी पोदार र कविता जोशीले समान १२ रन बनाए भने बिन्दु रावलले ११ रन, कप्तान पूजा महतोले १० रन बनाइन्। भारत ‘ए’ का लागि तनुजा कनवरले ४ ओभरमा १२ रन मात्र दिएर ४ विकेट लिइन् भने मिनु मानीले ४ ओभरमा ८ रन मात्र दिएर ३ विकेट लिइन्। राधा यादवले २ विकेट लिइन्।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो।

प्रकाशित: ५ फागुन २०८२ ११:०७ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast