आहा रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

हिमाल प्रेस ४ फागुन २०८२ १८:२१ | Monday, February 16, 2026
18
SHARES
आहा रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

पोखरा- मनाङ मर्स्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा थन्डरबोल्ड नर्थ युनाइटेडसँग तेस्रो क्वार्टरफाइनलमा मनाङले १०५ मिनेट लामो समयसम्मको गोलको खडेरी तोड्दै निर्णायक गोल गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। प्रतियोगितामा प्लेयर अफ दी म्याच समेत घोषित अशीष श्रेष्ठले अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन्। यो जितसँगै मनाङले पहिलो सेमिफाइनल खेलमा आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा सुनिश्चित गरेको छ।

सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेसनललाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरु गरेकोमा क्वार्टरफाइनलमा नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको शिकार बनाउँदै अन्तिम चारमा पुगेको हो।

मंगलबार अन्तिम क्वार्टरफाइनल हुनेछ। प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच विजेताले जावलाखेल युथ क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ।
१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ९ फागुनमा हुनेछ।

विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ४ फागुन २०८२ १८:२१ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast