ओलीको प्रश्न- शिक्षकलाई घुँडा टेकाउनेहरूले अहिले कुन मुखले शिक्षकको हितको कुरा गर्छन्?

हिमाल प्रेस ३ फागुन २०८२ १७:१६ | Sunday, February 15, 2026
176
SHARES
ओलीको प्रश्न- शिक्षकलाई घुँडा टेकाउनेहरूले अहिले कुन मुखले शिक्षकको हितको कुरा गर्छन्?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूको पछिल्लो आन्दोलनलाई आफू र आफ्नो पार्टीविरुद्धको राजनीतिक षड्यन्त्रका रूपमा प्रस्तुत गरिएको आरोप लगाएका छन्।

आइतबार आफ्नो गृह जिल्ला झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले आन्दोलनको नाममा एमाले विरोधी गतिविधि भइरहेको दाबी गरे।

अध्यक्ष ओलीले शिक्षकहरूको जायज मागलाई बेवास्ता गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्र (हाल नेकपा)सँग सम्बन्धित केही तत्वहरूले आन्दोलनमा हस्तक्षेप गरेको बताए।

उनले भने,‘शिक्षक आन्दोलनको नाममा हाम्रो विरुद्ध नारा लगाइयो, यो एउटा ठूलो राजनीतिक षड्यन्त्र थियो। हाम्रो विरुद्ध अश्लील र भ्रामक नाराबाजी गराएर देशभर आगो लगाउने प्रयास भए तर ती शक्तिहरू सफल हुन सकेनन्।’

ओलीले शिक्षकको हकहितको कुरा गर्ने दलहरूले विगतमा शिक्षकलाई अपमान गरेको स्मरण गराए। उनले एक पूर्वमन्त्रीले सयौँ शिक्षकलाई घुँडा टेकाइ अपमान गरेको उदाहरण उल्लेख गरे। ‘शिक्षकलाई घुँडा टेकाउनेहरूले अहिले कुन मुखले शिक्षकको हितको कुरा गर्छन्?’

उनले शिक्षक आन्दोलनको वास्तविक नेतृत्व नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्नुपर्ने र कसैको पछाडि लाग्नु नपर्ने बताए। एमालेलाई शिक्षकहरूको अभिभावक संस्था रहेको दाबी गर्दै उनले जुनसुकै परिस्थितिमा पनि आफ्नो पार्टी शिक्षकको पक्षमा उभिने प्रतिबद्धता जनाए।

प्रकाशित: ३ फागुन २०८२ १७:१६ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast