काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध प्लेइङ ११ बाहिरिएको छ।
समूह ‘सी’मा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले आइतबार वानखेडेमा निर्णायक खेल खेल्न लागेको हो।
तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी वेस्ट इन्डिज छ। नेपालको कप्तानी रोहित पौडेलले नै गर्ने भएका छन्। उनी यसअघि अस्वस्थ्य भएको खबर आए पनि प्लेइङ ११ मा परेका छन्। आज टोलीमा ललितनारायण राजवंशीलाई आराम दिइएको थियो। उनी यसअघिको इटालीसँगको खेलमा परेका थिए। उनको ठाउँमा तीब्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा राखिएको छ।

प्रकाशित: ३ फागुन २०८२ ११:०१ | Sunday, February 15, 2026
प्रतिक्रिया




