काठमाडौँ- आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ। पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ। श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ।
ओमान र आयरल्यान्ड समूह ‘बी’ मा छन्। दुवैले दुई खेल खेलेका छन् भने दुवै खेलमा पराजित भएका छन्। आज उनीहरूले तेस्रो खल खेल्दैछन्। सवा ३ बजे हुने दोस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्यान्ड भिड्दैछन्। खेल कोलकातास्थित इडेन गार्डेनमा हुनेछ।
दुई देश नेपाल रहेको समूह ‘सी’ मा छ। दुवै देशले दुई दुई खेल खेलेका छन् भने एकएक खेल हारेका छन्। तेस्रो खेलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन्। दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुँदैछ। दुवै टोलीले तेस्रो खेल खेल्न लागेका हुन्। अघिल्ला दुवै खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका विजयी भएका छन्।




