राष्ट्रिय टी २० क्रिकेट फागुन १ देखि

हिमाल प्रेस २८ माघ २०८२ ९:२० | Wednesday, February 11, 2026
8
SHARES
राष्ट्रिय टी २० क्रिकेट फागुन १ देखि

नवलपरासी- आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा विजयी हुने टोलीलाई तीन लाख, उपविजेताले दुई लाख, म्यान अफ द सिरिजलाई  २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही  १५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित: २८ माघ २०८२ ९:२० | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast