विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै

हिमाल प्रेस २७ माघ २०८२ ८:१८ | Tuesday, February 10, 2026
8
SHARES
विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै

काठमाडौँ- आईसीसी टी२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान ११ बजेर १५ मिनेट जाँदा नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो। पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ।

प्रकाशित: २७ माघ २०८२ ८:१८ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast