टी२० विश्वकप २०२६ : ब्याटिङमा सूर्यकुमार नायक बन्दा भारतको जित, शेफर्डको ह्याट्रिकमा वेस्ट इन्डिज विजयी

हिमाल प्रेस २५ माघ २०८२ ७:१८ | Sunday, February 8, 2026
6
SHARES
टी२० विश्वकप २०२६ : ब्याटिङमा सूर्यकुमार नायक बन्दा भारतको जित,  शेफर्डको ह्याट्रिकमा वेस्ट इन्डिज विजयी

काठमाडौँ- भारतले आईसीसी पुरुष टी२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । वानखेडे स्टेडियममा शनिवार भएको दिनको तेस्रो खेलमा उत्साही संयुक्त राज्य अमेरिकालाई २९ रनले पराजित गरेको छ।

१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। चौथो विकेटका लागि मिलिन्द कुमार र सञ्जय कृष्णमूर्तिबीच बनेको ५८ रनको साझेदारीले केही आशा जगाए पनि त्यो पर्याप्त हुन सकेन।

३।२ ओभरमै १३ रनमा ३ विकेट गुमाएर संकटमा परेको अमेरिकालाई कुमार र कृष्णमूर्तिले सम्हाल्ने प्रयास गरे। मोहम्मद सिराज र अर्शदीप सिंहले यूएसएको शीर्षक्रम ध्वस्त पारेपछि यी दुईले इनिंस पुनः लयमा ल्याउने कोसिस गरेका थिए।

तर १२औँ ओभरमा वरुण चक्रवर्तीले ३४ रन बनाएका मिलिन्द कुमारलाई आउट गर्दै उक्त महत्वपूर्ण साझेदारी तोडे। त्यसपछि कृष्णमूर्ति र शुभम रञ्जानेबीच पाँचौँ विकेटका लागि २७ रनको छोटो साझेदारी भयो।

कृष्णमूर्ति ३१ बलमा २ छक्का र १ छक्कासहित‌३७ रन बनाएर अक्षर पटेलको बलमा आउट भए। उनको विकेटपछि अमेरिकाले तीव्र गतिमा थप २ विकेट गुमायो। यद्यपि रञ्जानेले अन्तिम बलसम्म संघर्ष जारी राखे ।तर अन्तिम बलमा उनी सिराजको बलमा एलबीडब्ल्यू आउट भए।

सिराजले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदै भारतीय बलिङ आक्रमणको नेतृत्व गरे। रञ्जाने अमेरिकाका सर्वाधिक लागि सर्वाधिक रन बनाए । उनले २२ बलमा ३७ रन बनाउँदा ३ छक्का र २ चौका प्रहार गरे।

भारतका लागि सिराजसँगै अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए भने चक्रवर्तीले १ विकेट हात पारे।

अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि भारतलाई २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनमा सीमित गर्न अमेरिका सफल भएको थियो।

भारतको सुरुआत निकै कमजोर रह्यो। शीर्षक्रमका अभिषेक शर्मा १।२ ओभरमै खाता नखोली आउट हुँदा स्कोर ८र१ पुगेको थियो। त्यसपछि तिलक वर्मा (२५) र ईशान किशन (२०) ले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।

तर शाडली भान स्काल्कवाइकले एउटै ओभरमा तिलक, किशन र शिवम दुबे (०) लाई आउट गर्दै भारतलाई ४६र४ को संकटमा पुर्‍याए।

त्यसपछि कप्तान सूर्यकुमारले भारतको ब्याटिङ सम्हाल्दै एक्लै टोली अघि बढाए। यद्यपि रिंकु सिंह र हार्दिक पाण्ड्या सस्तोमा आउट हुँदा भारत दबाबमा नै रह्यो। सातौँ विकेटका लागि सूर्यकुमार र अक्षर पटेलबीच बनेको ४१ रनको साझेदारी निर्णायक बन्यो।

सूर्यकुमारले साझेदारीमा प्रभुत्व जमाउँदा अक्षरले ११ बलमा १४ रन जोडे, तर १७औँ ओभरमा मोहम्मद मोहसिनको बलमा आउट भए।

अक्षर आउट भएपछि पनि सूर्यकुमार अडिग रहे । उनले ४९ बलमा अविजित ८४ रन बनाए। उनको इनिंसमा १० चौका र ४ छक्का समावेश थिए।

अमेरिकाका लागि शाडली भान स्काल्कवाइक सर्वोत्कृष्ट बलर रहे। उनले ४ ओभरमा २५ रन मात्र खर्चेर ४ विकेट लिए। हरमीत सिंहले २ तथा मोहम्मद मोहसिन र अली खानले समान १ विकेट लिए।

वेस्ट इन्डिजको जितमा शेफर्डको ह्याट्रिक

रोमारियो शेफर्डको ह्याट्रिकसहितको घातक बलिङमा वेष्ट इन्डिजले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको छ। कोलकाताको इडेन गार्डेन्समा शनिवार भएको समूह ‘सी’ को खेलमा वेष्ट इन्डिजले सहज जित निकालेको हो।‌ १४९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले सुरुआतमै झड्का बेहोर्यो। ओपनर माइकल जोन्स जेसन होल्डरको बलमा ५ बलमा १ रनमै आउट भए।

जर्ज मन्सी र ब्रान्डन म्याकमुलनले ३० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि शेफर्डले म्याकमुलनलाई १२ बलमा १४ रनमा आउट गरेपछि स्कटल्यान्ड ४.३ ओभरमा ३१–२ को संकटमा पर्यो। मन्सी पनि १५ बलमा १९ रन बनाएर शमर जोसेफको बलमा पावर प्लेको अन्तिम ओभरमा आउट भए।

कप्तान रिची बेरिङ्टन र टम ब्रुसले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे। उनीहरूले टोलीलाई १०० रन पार गराए पनि जेसन होल्डरले बेरिङ्टनलाई २४ बलमा ४२ रन ९३ चौका, २ छक्का० मा आउट गरेपछि स्कटल्यान्ड १३।२ ओभरमा ११५–४ मा सीमित भयो ।
त्यसपछि गुडाकेश मोटीले ब्रुसलाई २८ बलमा ३५ रनमा आउट गरे।

खेलको निर्णायक मोड त्यतिबेला आयो जब शेफर्डले एकै ओभरमा स्कटल्यान्डको तल्लो क्रम ध्वस्त पारे। उनले लगातार ३ बलमा म्याथ्यु क्रस, माइकल लिस्क र ओलिभर डेभिडसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरे। त्यही ओभरमा सफ्यान शरीफ पनि आउट भए।

अन्तिम विकेटका रूपमा मार्क वाट होल्डरको बलमा १२ बलमा १५ रन बनाएर आउट भए। स्कटल्यान्ड १८।३ ओभरमा १ सय १३ रनमै समेटियो।

शेफर्डले ३ ओभरमा २० रन खर्चेर ५ विकेट लिए। होल्डरले ३ विकेट लिए भने शमर जोसेफ र गुडाकेश मोटीले समान विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५ विकेटको नोक्सानीमा १ सय ८२ रन बनायो । ब्रान्डन किङ र कप्तान शाई होपले ५० रनको साझेदारी गरे। होप २२ बलमा १९ रन बनाएर आउट भए भने किङ २२ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाएर ओलिभर डेभिडसनको बलमा आउट भए।

सिमरन हेटमायर र रोभम्यान पावेलले इनिङ्स सम्हाले। पावेल १४ बलमा २४ रन बनाएर आउट भए। त्यसपछि हेटमायरले आक्रामक ब्याटिङ गर्दै आफ्नो आठौं टि‌ ट्वान्टी आई अर्धशतक पूरा गरे।

हेटमायर ३६ बलमा ६ छक्का र २ चौकासहित ६४ रन बनाएर सफ्यान शरीफको बलमा आउट भए। शेर्फेन रदरफोर्डले १३ बलमा २६ रन जोडे। अन्त्यतिर शेफर्ड ३ बलमा ६ रनमा अविजित रहे भने म्याथ्यु फोर्डले २ बलमा १ रन बनाए।

स्कटल्यान्डका लागि ब्राड कर्रीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। सफ्यान शरीफ, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिए। नेपाल यहि समूह रहेको छ। नेपालले आफ्नो पहिलो खेल आइतवार २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्नेछ।

पाकिस्तानको जित

पाकिस्तानले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। श्रीलंकामा भएको पहिलो खेलमा दबाबकाबीच पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गरेको छ।

कोलम्बोस्थित सिन्हालीज स्पोर्ट्स क्लब ९एसएससी० मैदानमा १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

ओपनरको आक्रामक सुरुवात
पाकिस्तानका ओपनर साइम अयुब र साहिबजादा फरहानले इनिङ्सको राम्रो सुरुवात गरे। साइमले १३ बलमा ४ चौका र १ छक्कासहित २४ रनको आक्रामक इनिङ खेले ‌। तर स्पिनर आर्यन डटको बलमा आउट भए।

त्यसपछि फरहानले कप्तान सलमान अली आघासँग मिलेर पाँचौं ओभरभित्र ५० रनको साझेदारी गरे। तर डटले सलमानलाई ८ बलमा १२ रनमै आउट गरेपछि पाकिस्तान ४।५ ओभरमा ५३–२ को स्थितिमा पुगेको थियो।

फरहानले धैर्यतापूर्वक इनिङ्स सम्हालिरहे भने बाबर आजमले सुरुआतमा संघर्ष गरे। तर पछि लय समात्दै फरहान अर्धशतक नजिक पुगे। फरहानले ३१ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर रूएलफ भान डर मर्वेको बलमा आउट भए। त्यसबेला पाकिस्तान ११।१ ओभरमा ९८(३ को स्थितिमा थियो।

त्यही ओभरमा भान डर मर्वेले उस्मान खानलाई शून्य रनमा आउट गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए। बाबर १५ बलमा आउट भए। मोहम्मद नवाज ९६० र शादाब खान ९८० आउट भएपछि दबाब बढेको थियो। तर फहिम अशरफ र शाहिन शाह अफ्रिदीले इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्‍याए।

फहिमले लगातार २ छक्का प्रहार गर्दै खेलको गति बदलिदिए। उनले ११ बलमा २ चौका र ३ छक्कासहित अविजित २९ रनको शानदार इनिङ खेलेर पाकिस्तानलाई स्मरणीय जित दिलाए।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले माइकल लेभिट र म्याक्स ओ’डाउडमार्फत आक्रामक सुरुवात गर्‍यो। तर चौथो ओभरमा सलमान मिर्जाले ओ’डाउडलाई ७ बलमा ५ रनमै आउट गरे।

पाँचौं ओभरमा मोहम्मद नवाजले उत्कृष्ट फर्ममा रहेका लेभिटलाई १५ बलमा २४ रनमा आउट गरे। त्यो विकेटमा बाबर आजमले बाउन्ड्री नजिक उत्कृष्ट फिल्डिङ गर्दै शाहिन अफ्रिदीलाई क्याच गराए।

बस डे लिडे र कोलिन एकरम्यानले इनिङ्स सम्हाल्दै पावरप्लेभित्र ५० रन पार गराए। तर आठौं ओभरमा अब्रार अहमदले एकरम्यानलाई १४ बलमा २० रनमा आउट गरेपछि नेदरल्यान्ड्स ६५–३ मा सीमित भयो। नेदरल्यान्ड्सले १३औं ओभरमा १ सय रन पार गर्‍यो।

कप्तान स्कट एडवर्ड्सले २९ बलमा ३७ रन बनाए। तर अब्रारको बलमा आउट भए। त्यसपछि साइम अयुबले लगातार २ विकेट लिँदै नेदरल्यान्ड्सलाई १२९–७ मा पुर्‍याए।

अन्त्यतिर शाहिन अफ्रिदी र सलमान मिर्जाले विकेट थप्दै नेदरल्यान्ड्सलाई २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनमै समेटियो।

पाकिस्तानका लागि सलमान मिर्जाले ३।५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। मोहम्मद नवाज, अब्रार अहमद र साइम अयुबले समान दुई–दुई विकेट लिए भने शाहिन अफ्रिदीले १ विकेट लिए।

प्रकाशित: २५ माघ २०८२ ७:१८ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast