टी २० विश्वकप २०२६ : उद्घाटन खेलमा पाकिस्तानसामु नेदरल्यान्ड्सको मध्यम लक्ष्य प्रस्तुत

हिमाल प्रेस २४ माघ २०८२ १२:५८ | Saturday, February 7, 2026
10
SHARES
टी २० विश्वकप २०२६ : उद्घाटन खेलमा पाकिस्तानसामु नेदरल्यान्ड्सको मध्यम लक्ष्य प्रस्तुत

काठमाडौँ- आईसीसी पुरुष टी २० विश्वकप २०२६ मा पाकिस्तानसामु नेदरल्यान्ड्सले १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वाडर्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, केलिन एन्करम्यानले २० र आर्यन दत्तले १३ रन बनाए । पाकिस्तानका लागि सलमान मिर्जाले ३, सइम अयुव, अब्रार अहमद, मोहम्मद नवाजले २–२ तथा शहिन शाह अफ्रिदीले १ विकेट लिए । आजदेखि टी २० विश्वकप २०२६ सुरु भएको हो। पहिलो खेल नै पाकिस्तान र नेदरल्यान्ड्सबीच भएको हो।

प्रकाशित: २४ माघ २०८२ १२:५८ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast