फुटबलको वास्तविक क्रेज काठमाडौँ बाहिर छ : बालेन

हिमाल प्रेस २४ माघ २०८२ ९:१४ | Saturday, February 7, 2026
4
SHARES
फुटबलको वास्तविक क्रेज काठमाडौँ बाहिर छ : बालेन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहले शनिबार बिहान फेसबुक पोस्ट गर्दै फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको बताएका हुन् ।

काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून देखिएको सन्दर्भ जोड्दै उनले लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन्।

बालेनले बालेनले मोफसलका गोल्डकप प्रतियोगितामा हजारौं दर्शक उपस्थित हुने उदाहरण दिएका छन् । राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित देखिएको उनको गुनासो छ ।

बालेनले मोफसलका क्लब र रंगशालामा पनि ठूला क्लबका खेल आयोजना हुनुपर्ने, देशभर दर्शक र खेल संस्कृतिलाई जोड्नुपर्ने बताए।

प्रकाशित: २४ माघ २०८२ ९:१४ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast