बैतडी जन्ती बस दुर्घटनामा १३ को मृत्यु, सबैको सनाखत

हिमाल प्रेस २३ माघ २०८२ ७:२६ | Friday, February 6, 2026
18
SHARES
बैतडी जन्ती बस दुर्घटनामा १३ को मृत्यु, सबैको सनाखत

काठमाडौँ- बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबै १३ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस सोही वडाको बढगाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बिहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो। थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार दुर्घटनामा घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बेहुलाबेहुली भने अर्को गाडीमा सवार भएकाले सकुशल रहेका छन्। जन्ती सवार बस बझाङको सुनकुडा फर्किँदै गर्दा दुर्घटनामा परेको हो।

मृतकहरूको नामावली (१३ जना)

बिसनदत्त जोशी (१७ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

दीपक जोशी (अन्दाजी २७ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

किसनदत्त जोशी (अन्दाजी ४५ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

केशवराज भट्ट (अन्दाजी २६ वर्ष)
केदारस्यु गाउँपालिका-७, बझाङ

सुशील जोशी (अन्दाजी १४ वर्ष)
पुर्चौडी नगरपालिका-७, बैतडी

केशवराज जोशी (४० वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

अशोकराज जोशी (१३ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

बसन्त जोशी (३५ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

विष्णुदत्त जोशी (४१ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

नरेशराज जोशी (४२ वर्ष)
बित्थडचिर गाउँपालिका-७, बझाङ

मोहनदेव भट्ट (६० वर्ष)
केदारस्यु गाउँपालिका, बझाङ

बसन्तराज रतला (४० वर्ष)
जयपृथ्वी नगरपालिका-७, बझाङ

प्रकाशित: २३ माघ २०८२ ७:२६ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast