हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा फेला, दुई पक्राउ

हिमाल प्रेस २३ माघ २०८२ ६:२२ | Friday, February 6, 2026
10
SHARES
हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा फेला, दुई पक्राउ

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा फेला परेको छ।

स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। तीनै जनाले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेटिएको छ।

पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।

प्रकाशित: २३ माघ २०८२ ६:२२ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast