स्रोत नखुलेको १८ लाख बढी रकमसहित एक पक्राउ

हिमाल प्रेस २३ माघ २०८२ ६:२० | Friday, February 6, 2026
12
SHARES
स्रोत नखुलेको १८ लाख बढी रकमसहित एक पक्राउ फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको रु १८ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन किसनलाई बिहीबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ किसनसँग स्रोत नखुलेको रु १८ लाख ५० हजार नगद बरामद गरिएको जानकारी दिए।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: २३ माघ २०८२ ६:२० | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast