काभ्रेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २१ माघ २०८२ २१:२४ | Wednesday, February 4, 2026
16
SHARES
काभ्रेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक- काभ्रेको अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका-४, लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज (बुधबार) दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।

तामाङका अनुसार गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २१ माघ २०८२ २१:२४ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast