बाटोमै पार्किङ गरिएका १५ बस नियन्त्रणमा

हिमाल प्रेस २१ माघ २०८२ १९:२४ | Wednesday, February 4, 2026
16
SHARES
बाटोमै पार्किङ गरिएका १५ बस नियन्त्रणमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगइ जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पुर्‍याएको अभियोगमा चेकिङ्गका क्रममा नियन्त्रणमा लिएर बग्गीखानामा राखेका रात्रिकालीन सेवाका बस । तस्बिरः विमलबहादुर विष्ट/रासस

काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिइएको छ। आज (बुधबार) उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा ती बस नियन्त्रणमा लिइएको हो।

लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगई बाटोमै पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

नियन्त्रणमा लिइएका बसधनीलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। रासस

प्रकाशित: २१ माघ २०८२ १९:२४ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast