काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको हो।
हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
प्रकाशित: २१ माघ २०८२ ६:२४ | Wednesday, February 4, 2026
प्रतिक्रिया



