काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ।
नेविसंघ केन्द्रीय कार्यालयका अनुसार संगठनको विधान २०२७ (छैटौँ संशोधन २०७५) को धारा १२ (५) बमोजिम १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न संयोजक तोक्दै समिति गठन गरिएको हो।

प्रकाशित: १८ माघ २०८२ ६:३३ | Sunday, February 1, 2026
प्रतिक्रिया



