बालेन शाह
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह पूर्वी नेपालका विभिन्न जिल्लाहरूको चुनावी अभियान सकेर शनिबार काठमाडौँ फर्किएका छन् ।
माघ ५ गते मधेश प्रदेशको राजधानी धनुषाको जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका शाह धनुषाबाट सीधै झापा पुगेका थिए । झापा पुगेर शाहले माघ ६ गते आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसलगत्तै उनी कोशी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए ।
कोशी प्रदेशको भ्रमणका क्रममा उनले इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटा जिल्लाका मतदाताहरूसँग सीधा भेटघाट गरेका थिए ।
उनी आज (शनिबार) सुनसरीबाट काठमाडौँ फर्किएका हुन् ।
प्रकाशित: ११ माघ २०८२ ६:४३
प्रतिक्रिया



